बझाङ । बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा घाइते अवस्थामा फेला परेको एक चितुवाको उपचारका क्रममा मृत्यु भएको छ।
मंगलबार विहान स्थानीयले घाइते चितुवा देखेपछि डिभिजन वन कार्यालय, बझाङलाई खबर गरेका थिए। त्यसपछि कार्यालयको टोलीले चितुवाको उद्धार गरी उपचारका लागि लगेको थियो। तर उपचारको क्रममा चितुवाको मृत्यु भएको वन कार्यालयले जनाएको छ।
मृत चितुवालाई डिभिजन वन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायको उपस्थितिमा चितुवाको पोष्टमाटम गरि खाल्टोमा पुरेको कार्यालयले जानकारी दिएको छ।
29 Oct 2025, Wednesday