डडेल्धुरा भन्नेबित्तिकै धेरैलाई भिमदत्त पन्तको रगतले सिञ्चित भुमि, अमरगढी किल्ला भएको सहर वा हरियालीले ढाकिएका डाँडाकाँडा, ऐतिहासिक स्थल र धार्मिक आस्थाले भरिएका मन्दिरहरू भएको जिल्लाको झल्को आउन सक्छ । तर डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिकाको दुर्गमा बस्ती सायल गाउँको सायद कसैलाई पनि झल्को आउँदैन होला । त्यही कसैलाई झल्को नआउने सायल गाउँको सिरानीबाट सायल झर्नाले आफ्नो आवाज गुन्जाईरहेको छ आन्तरिक तथा वाह्य पर्यटकहरूको पर्खाइमा आफ्ना नयनहरूलाई उघार्दै प्रतिक्षा गर्दै मस्त निद्रामा निदाए जस्तै सदाबहार कल कल आवाजले मेरै बाटो कुरी रहेकी छ कि भन्ने आभास दिलाई रहने एउटा अनुपम प्राकृतिक सम्पदा हो भागेश्वर गाउँपालिकाको वडा नं. १मा पर्ने सायल गाउँ सायल झरना ।
डडेल्धुरा
जिल्लाको सदरमुकाम अमरगढीबाट करिब ५०-५२ किलोमिटरको दूरीमा अवस्थित यो झरनासम्म
पुग्ने बाटोले झन्नै पर्यटकहरूलाई तानिरहेको छ । पहाडका गोरेठा बाटौहरूको झल्को
दिइराख्ने ती बाटाहरू अझै रमाईला छन् । कतै हिलो छ कतै ढुङ्गा कतै पानीले बगाएको छ
त कतै खाल्टाखुल्टी त्यस माथि पनि दुई पाङ्ग्रे सवारी साधनमा चिप्लिदै जनुको मजा त
झन बेग्लै छ । घुम्ति नै घुम्ति भएको घुमाउरो बाटो छ त कतैकतै हिलाम्य बाटो पार
गर्दै लड्दै उठ्दै चिप्लेटी खेल्दै लगभग करिब तीन घण्टाको लामो बाटो पार गर्दै प्रकृतिसँग
घुलमिल भएर बाटैभरि देखिने अग्ला पहाड, हरियाली खेत पाखा र बारीहरू बुढापाका मात्रै बस्ने घर र बस्तिहरू र खेतबारीमा व्यस्त
स्थानीय जीवनशैली भएको मनोरम दृष्य नियाल्दै यात्राको थकानलाई मनोरञ्जनमा परिणत
गर्दै पुगिन्छ सायल झर्ना । सायल गाउँ ।
सायल
झरना नजिक पुग्दा लाग्छ मानौँ धर्तीमा स्वर्गको टुक्रा झरेको छ। रूपाल नदीको
मूलबाट निरन्तर बग्ने यो झरना वर्षैभरि प्रवाहमान रहन्छ। कलकल आवाजमा खस्ने पानीले
मनको अशान्ति मेटेर एक प्रकारको शान्त र पवित्र ऊर्जा जगाउँछ। झरनाको पानीले खेत
सिँचाइ गरी गाउँको कृषि जीवनलाई जीवन्त बनाएको देख्दा प्रकृति र मानवीय
अस्तित्वबीचको गहिरो सम्बन्ध झल्किन्छ।
सायल
गाउँ पनि पर्यटकलाई लोभ्याउने अर्को आकर्षण हो। ढुंगाका छानावाला घरहरू, मौलिक वास्तुकला र सरल जीवनशैली यहाँको
पहिचान हो। स्थानीयको न्यानो आतिथ्य, स्वच्छ हावा र शान्त वातावरणले यहाँ आउँदा जो कोहीलाई घरझैँ
अपनत्वको अनुभूति गराउँछ।
तर,
यो सुन्दर ठाउँ अनी त्यो झर्ना अझै पनि
प्रचार–प्रसारको अभाव र पूर्वाधार विकासमा कमीका कारण ओझेलमै छ। उचित योजना र
लगानीसहित यहाँ होमस्टे सञ्चालन, सडक
सुधार र स्थानीय संस्कृतिसहित पर्यटन प्रबर्द्धन गर्न सकिएमा सायल गाउँ मात्र होइन,
सम्पूर्ण भागेश्वर गाउँपालिका आर्थिक
रूपमा आत्मनिर्भर बन्न सक्छ। यसबाट युवालाई रोजगारी, महिलालाई आत्मनिर्भरता र गाउँलाई दिगो
समृद्धि दिलाउन सकिन्छ।
भागेश्वर
गाउँपालिकामा सायल झरनाबाहेक पनि अन्य धेरै प्राकृतिक तथा सांस्कृतिक सम्भावनाहरू
छन् महाभारत पर्वतमालाको हरियाली, पुराना
धार्मिक स्थल, सामुदायिक
वन र
स्थानीय जात्रा–पर्व मेला आदि यी सबैलाई व्यवस्थित ढङ्गले विकास गर्न सकिएमा
भागेश्वर नेपालकै पर्यटकीय गन्तव्य बन्न सक्ने क्षमता राख्छ।
मलाई
लग्दै थियो सायद सायल झरना मानौँ स्वयम् बोलिरहेकी छिन् पहाडका पिडा आशु वगाएर मेरैलागी
पर्खिवसेकी जस्ती देखिने सायल, पहाडको घुम्टोमा लुकेकी छन् लज्जावती फुल झै
सदावहार आफ्नो काख मेरैलागि खालि छोडेको हो कि भन्ने अनुभिति दिलाउने त्यो सायल पर्यटनको
प्रतिक्षामा छिन त्यसैले सबै जना मिलौ आऔँ सायल जाऔँ सबै जना घुम्न जाऔँ ।