बैतडीको पाटनमा भीरबाट लडेरका एक युवाको मृत्यु

lalbigul.com

बैतडी । बैतडीको पाटन नगरपालिकामा रहेको भीरबाट लडेका एक युवाको मृत्यु भएको छ। पाटन नगरपालिका९ लदैलीका २८ वर्षीय विरादत्त भट्टराईको मृत्यु भएको हो।

गोरु बाख्रा गोठालो गएका भट्टराईको भीरबाट लडेर मृत्यु भएको पाटन नगरपालिका-१ का वडा सदस्य मोहन पन्तले जानकारी दिए।

बिरामी अवस्थामा रहेका भट्टराईको शव राति जंगलमा फेला परेको थियो। उनका बाबुको भारतमै पहिले मृत्यु भइसकेको थियो भने दाइ भारतमै वेपत्ता छन्। उनका ६० वर्षीया आमालाई उनीमात्रै  साहारा थिय । त्यो साहारा पनि भिरले खोसेर गग्यो पन्तले भने । 

विरादत्तको मृत्युपछि आमा घरमा एक्लै भएकी छन्। आर्थिक अवस्था निकै कमजोर भएकाले वडा सदस्य पन्तले चाँडै सहयोग गर्ने तयारी भइरहेको बताए। साथै उनले खाद्यान्न लगायतका आवश्यक सामग्रीसमेत नपाएको कारण सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया