पश्चिम सेती परियोजना तीन हजार घरधुरीलाई विस्थापित पार्ने

बिगूल समाचारदाता

नवदुर्गा डडेल्धुरा । भारतीय कम्पनी एनएचपिसी लिमिटेडले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) मसौदा निर्माण गर्दै  ७०० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका क्रममा चार जिल्लाका करिब ३ हजार ३१ घरधुरी प्रभावित हुने बताएको छ । 

आयोजनाको प्रभाव क्षेत्रका रूपमा बैतडी, डोटी, डडेल्धुरा र बझाङ जिल्लाका बासिन्दा पर्न आउने अनुमान गरिएको छ। कम्पनीले भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक र वातावरणीय पक्षको प्रारम्भिक अध्ययन पूरा गरी प्रभावित परिवारका लागि मुआब्जा वितरणको तयारी अघि बढाएको छ।

एनएचपिसीले डोटीको दिपायलमा आयोजना कार्यालय स्थापना गरिसकेको र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जग्गा अधिग्रहण समिति गठन गरेर लगत संकलनको काम भइरहेको जनाएको छ।

कम्पनीले सन् २०२६ जनवरीबाट निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ। तर नेपालको पछिल्लो राजनीतिक परिस्थितिले गर्दा निर्माण प्रक्रिया केही महिना ढिलो हुने सम्भावना रहेको बताइएको छ।

प्रतिक्रिया