नवदुर्गा आधारभूत विद्यालयका शिक्षकको निधनः अजयमेरूमा सोक विदा

lalbigul.com

डडेल्धुरा। अजयमेरु गाउँपालिका २ स्थित नवदुर्गा आधारभूत विद्यालयका शिक्षक शेरबहादुर ऐरको गत राती असामयिक निधन भएको छ।


ऐरको असामयिक निधनमा  गाउँपालिकाले आज (भदौ १८ गते) एक सूचना जारी गर्दै शोकप्रति सम्मान प्रकट गर्दै गाउँपालिका भित्रका सबै शैक्षिक संस्थामा शैक्षिक गतिविधि स्थगित गर्दै सोक विदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले सोक विदा सम्बन्धी सुचान जारी  गर्दै दिवंगत आत्माको चिरशान्ति तथा शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून भन्दै हार्दिक श्रद्धाञ्जली व्यब्यक्त गरेका छन् । 

प्रतिक्रिया