डडेल्धुराको सबैभन्दा ठूलो धनराशीको 'जयभुवन सिजन–३' क्रिकेट प्रतियोगिता सुरु

करन साउँद

डडेल्धुरा। डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी पुरस्कार राशीको क्रिकेट प्रतियोगिता 'जयभुवन सिजन–३' नवदुर्गा गाउँपालिका-१, चोरा खेल मैदानमा आजदेखि भव्य रूपमा सुरु भएको छ।

असोज ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने यो प्रतियोगितामा जम्मा १५ टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको प्रथम पुरस्कार रु. १ लाख १ हजार १ सय ११  रूपैयाँ   तथा द्वितीय पुरस्कार रु. ५१ हजार १ सय ५१  रूपैयाँ रहेको छ ।  प्रतियोगितामा म्यान अफ द सिरिज ८०००, बेस्ट बलर ३०००, बेस्ट ब्याटम्यान २०००, सर्वोत्कृष्ट प्ललेयर  लाई ५०० र बल प्रदान गरिने  जयभुवन युवा क्लबका अध्यक्ष किरण ऐरले बताए ।

यस प्रतियोगिताको मुख्य प्रायोजक नवदुर्गा गाउँपालिका रहेको छ भने आयोजक जय भुवन युवा क्लब, नवदुर्गा–१, डडेल्धुरा हो। प्रतियोगिताको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले  गर्नुभएको हो।

प्रतिक्रिया