पाटन बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सोमबार जिल्लाको पाटन नगरपालिका वडा न ७ दनखोलाकी ५४ वर्षीय पार्वती भट्टको मृत्य भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताउनुभयो ।
जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको बिद्युतीय पासोमा परेर करेन्ट लाग्दा स्थानीय पर्वतीको मृत्यु भएको हो । पार्वतीलाई करेन्ट लागेको आफ्न्तले खबर गरेपछि प्रहरीको टोलि घटनास्थल पुगेको हो ।
मृतक भट्टको शव परीक्षणका लागि पाटन प्राथमीक स्वास्थ्य केन्द्र ल्याइएको प्रवक्ता पाण्डेयले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जाएको छ ।
02 Sep 2025, Tuesday